जेठको मध्य दिनको टन्टलापुर घामको प्रभाव सिम्ले बेसीमा पनि परेको थियो । सिम्ले बेसीका कणकणमा तप्तताको अनुभूती पाइन्थ्यो । ओखरबोटे गाँउको खेतीयोग्य जमिनको रुपमा सिम्ले बेसीलाई लिइन्थ्यो । बेसीमा काम गर्ने सम्पूर्ण व्यक्तिहरु विश्राम गर्न आ–आफ्ना घरतिर गइसकेका थिए ।
त्यसै गाँउका गंगाराम सिग्देल भने बारीमा एकोहोरो कोदाली चलाइरहेका थिए । पसिनै पसिनाले उनको कमिज लिपिक्कै भिजेको थियो । कहिँलेकहिँले कमिजको फेरोले अनुहारमा रहेको पसिना पुस्दथे अनि लामो सुस्केरा हाल्दै आलीमा टुसुक्क बस्दथे । गाँउभरि नै उनी ‘माइला बा’ भनेर परिचित थिए तर पाकाहरु भने उनलाई ‘माइला’ मात्र भन्दथे ।
“ए माइला बा , माइला बा” कतैबाट आवाज गुन्जियो ।
बारी खन्दै गरेको कोदालीलाई टक्क अड्याएर टाउकोमा लाएको टोपी खोलि अनुहारमा भएको पसिना पुछ्दै माइला बा चिच्याए “ए के भो साने , किन चिच्याएर मरेको रु”
“जगत दाइको फोन आ’छ रे , झट्टै पसलमा पुग्नु रे , झट्टै ।”
खन्दै गरेको कोदालीलाई त्यतिकै छाडेर उनी हतार–हतार पसलतिर लम्किए । गाँउभरिकै फोन गर्न मिल्ने र फोन आउने ठाँउ मात्र मोटे दाहालको पसल थियो ।
हस्याङ्ग–फस्याङ्ग गर्दै माइला बा पसलमा पुगे र भने “साहु केटोले फोन गरेथ्यो रु”
“गरेथ्यो , एकछिन कुर ,फेरी गर्छु भन्या छ ।”
“एउटा बिडी देउ न त , उडाउनु पर्यो ।”
लामो सुस्केरा हाल्दै माइला बा नजिकैको मुढामा टुसुक्क बसे ।
एउटा बिडी अनि सलाई दिदै मोटे दाहालले भन्यो “हन , माइला अब त मेरो रिन तिर्छस होला नि रु, छोरो पनि आउने बेला भयो क्यार ।”
“ दुःख पर्दा त्यत्रो ठुलो गुन लाएथ्यौ , तिम्रो रिन नतिरी त कहाँ धर पाइन्छ र रु”
बिडी उडाउदैं उनले भने ।
केहिबेरपछि फोनको घण्टी बज्यो ।
“लौ तेरै छोरोको फोन होला , उठा ।”
बिडीको लामो सर्को तानिसकेपछि माइला बाले त्यसलाई भुँइमा फुत्त फाले अनि हत्तपत्त गएर फोन उठाए ।
“हेलो को बोलेको रु”
“म जगत, बा ढोगे है ।”
“आरम कुशलै छस् त बा ।”
“आरामै छु , अनि आमालाई कस्तो छ नि रु”
“ठिकै छे , त न’भा भ र कहिले कहिले त न्यास्रो मानिहाल्छे नि ।”
“ बा म त पर्सि नै घर फर्कने भए । पारीघरे दिले पनि फर्कदै छ ।”
एक्काशी माइला बाको अनुहारमा प्रसन्नता छायो । उनले आफ्नो थकानलाई नै बिर्सिए ।
“लौ , लौ अलि ख्याल गरेर आएस् ।”
केहिबेरको कुराकानीपछि माइला बाले फोन राखे ।
“लौ साहु म त हिडिँहाले , खेतमा कोदाली त्यतिकै छ ।” भन्दै माइला बा खेततिर लम्किए । खेतमा छाडेको कोदालीलाई टपक्कै टिपेर छिटोछिटो पाइला चाल्दै उनी आफ्नो घरतिर लम्किए ।
घर नपुग्दै अलि परैबाट माइला बाले चिच्याए “ए जगतेकी आमा , जगतेकी आमा ।
झट्टै बाहिर निस्कि त ।”
“हन किन फलाकेर मरेका , के भो रु” भन्दै जगतेकी आमा एक हातमा पानी भएको अङ्खोरा लिएर बाहिर निस्किन् । उर्नी गाँउमा भने ‘माइली बज्यै’ भनेर चिनिन्थिन् ।
“ लौ हातखुट्टा धुइँहाल , मकै भुटेकी छु ।” अङ्खोरा दिदै उनले भनिन् ।
“लौ तेरो छोरो फर्किने भो । पर्सि नै फर्कन्छ रे ।”
“कहाँबाट पत्तो पायौ त रु” माइली बज्यैले अलि उत्तेजित भए झै गरि भनिन् ।
“अघि पसलमा फोन गरेथ्यो । पारीघरे दिले पनि सँगै आउछ रे ।” अङ्खोराको पानीले हात धुँदै उनले भने ।
माइली बज्यैको खुसीको सिमा रहेन । मनभित्र अचानक हर्षका भेलहरु बहन थाले ।
मनभित्र उब्जेका हर्षका भेलहरुलाई मनभित्रै दबाए झै गरिन् अनि हत्तपत्त नजिकै रहेको कुचो उठाएर बलेसी बर्ढान थालिन् ।
माइला बा भने जगते आउने खवर सुनाउन वरपरका घरतिर लम्किए ।
एक कान दुई कान गर्दै जगते आउने खवर पल्लो गाँउसम्म फैलियो । श्रीधर बस्नेत पल्लो गाँउको एक चर्चित नाम थियो । उसकी छोरी यमुना जगतेकी प्रेमिका थिइ। बाटुलो अनुहार भएकी ऊ प्रायः मौन रहन्थि । गहँुगोरो वर्णकी यमुनाको सलक्क परेको जिउडालले कसलाई मोहित पार्दैनथ्यो र रु
हुन त जगते पनि खाइलाग्दो लक्का जवान थियो । “पढेलेखेको त्यति नभए पनि केटो निकै टाठो छ ।” भनेर गाँउका कयौं मानिसहरु उसका बारेमा कुरा गर्दथे । जगते र यमुनाको बिचमा गहिरो प्रेम सम्बन्ध गाँसिसकेको थियो ।त्यसैले त उनीहरुको प्रेम–प्रसंग दुवै गाँउमा फैलिएको थियो ।
विदेशबाट फर्के लगत्तै यमुनाको हात माग्ने छु भनि विदेश जाने बेलामा जगतेले ऊ सँग बाचा गरेथ्यो । यमुनाले पनि तीन सालसम्म उसलाई कुरेरै बसिरहने प्रतिज्ञा गरेकी थिई ।
उनीहरुको प्रेम सम्बन्धका बारेमा जगतेका बा–आमा भने सकारात्मक नै थिए तर यमुनाका बा भने यसबारेमा अलि ससंङ्कित देखिन्थे । उनीहरुको सम्बन्धका कारणले कतै आफ्नो इज्जतमा आच आउने त होइन रु भन्ने कुराले गर्दा उनलाई त्यो सम्बन्ध अलि अपच्य लागेको थियो ।
जगते फर्किने खवरले गर्दा यमुना खुसीले गद्गद् भइ । सधै उदाश झै देखिने उनको मुहारमा प्रसन्नताको झल्को देखिन थाल्यो ।
पल्लाघरे मसिने यमुनाको मामा थियो । मामाघर आउने निँहुले यमुना जगतेको घर आँउदथि र माइली बज्यैलाई कयौं काममा सघाउँदथि । जगते आउने दिन यमुना त्यसैगरी मामाघर आई , अनि माइली बज्यैलाई दिनैभरि अनेकौ कामहरुमा सघाई ।
अनि साँझ झपक्कै परिसक्दा सम्म त्यहिँ बसिरहि । तर जगते भने आइपुगेन ।
“माइली बढी म त अब लाग्छु । रातै पर्न लागिसक्यो ।” यमुनाले अलि सुस्ताउदै भनि ।
“ल त बा ल , भोली त भेट भइहाल्छ नी ।” माइली बज्यैले भनिन् ।
यमुना मामाघरतिर लम्किइ ।
बुढाबुढी भान्सा कोठामा बसेर कुराकानी गर्दै थिए ।
बाहिरबाट आवाज आयो “हन माइला काका जगते आइपुगेन ।”
“ए रामु , आइज न हौ यतै , खै अझैसम्म आइपुगेन । कतै अल्मलियो क्या र।” माइला बाले भने ।
माइली बज्यैले पिरा सारेर बस्न अनुरोध गरिन् । ऊ त्यसमा टुसुक्क बस्यो अनि भन्यो “जाममा पो फस्यो क्यार, नत्र आइपुग्नु पर्ने त हो नी ।”
रामु जगतेको असाध्यै मिल्ने साथी थियो । कहिँ मेलापात जानुपर्दा उनीहरु सँगसँगै निस्किन्थे । त्यसैले त गाँउभरिका कयौं मानिसहरु उनीहरुको जोडीलाई ‘एक हल बहर’को संज्ञा दिन्थे । अलि छोटो कदको रामु असाध्यै फुर्तिलो थियो । गाँउमा अलि गाह्रो–साह्रो काम पर्दा रामुलाई नडाक्ने मानिस कमै नै थिए ।
कुराकानीको व्रmम चलिरह्यो । केहिबेरपछि रामु पनि आफ्नो घरतिर लाग्यो ।
“रात धेरै छिपिसक्यो । ल अब ढोका ला ।” माइला बाले भने ।
माइली बज्यै पिराबाट जुरुक्कै उठिन् । अलि सुस्ताए झै गरी ढोका बन्द गरिन् ।
“ढल्किनु पो पर्यो ।” भन्दै माइला बा खाटमा पल्टिए । छोराछोरीप्रतिको माया प्रायः बाबुहरुले बाहिरी रुपमा प्रस्फुटित गर्दैनन् भन्ने कथनलाई पछ्याए झैं माइला बा निन्द्रा नलागी–नलागी ओछ्यानमा पल्टिए । उनका आँखाहरु बन्द थिए तर मनमा भने अजिव चिस्यता या त भनौ उत्तेजना । माइली बज्यै भने सुत्न सकिनन् । आगो निभिसकेको अगेनोको छेउमै बसिन् अनि छोरालाई कुरिरहिन् ।
हुन त एक मात्र सन्तानलाई तीन वर्षदेखि नदेख्दा कुन चाहिँ आमाको मन विचलित हुदैन र रु
प्रायः सधै ‘के गर्दै होला रु’, ‘के खादैँ होला रु’ ‘कतै बिरामी त परेन रु’ भनेर सोचिरहन्थिन् र कहिले त यस्तै कुराहरु माइला बालाई समेत सुनाउँथिन् । माइला बाको मनभित्र पनि प्रश्नहरु नउब्जिएका होइनन् तर मनभित्र उब्जिएका प्रश्नहरुलाई मनभित्रै दबाएर उनी भन्दथे “तिघ्रो लागेको ,लाठे छोरो कतै भोकै बस्छ रु,कति चिन्ता ले की रु, तैले चिन्ता ले र अघाउने नि होइन ।”
माइली बज्यैका अन्य सन्तान नभएका होइनन् । जगते भन्दा अघि एक सन्तान थियो जसको नाम हर्के थियो ।जगते बर्सेनीको हँुदा हर्के झाडापखालाको कारणले बितेथ्यो ।
त्यसैले नै होला दुवै जगतेलाई असाध्यै माया गर्दथे ।
रात धेरै छिपिसकेको थियो । माइला बा भने घुर्र–घुर्र घुर्न थालिसकेका थिए । माइली बज्यै भने अगेनोको छेउमै उघ्न थालिसकेकि थिइन् ।
रात धेरै छिपिसकेको थियो । अचानक ढोका ढक्ढक् गर्यो । माइली बज्यै झसङ्ग झस्किन्।
“को ह रु” जुरुक्क उठ्दै माइली बज्यैले भनिन् ।
“ आमा म ,जगत ।” बाहिरबाट आवाज आयो ।
एक हातमा टुकी लिएर माइली बज्यैले उत्साहका साथ ढोका खोलिन् । माइली बज्यैको खुसीको सिमा रहेन ।
“ए बाबु त आइपुगिस् भन्दै छोरोलाई सुम्सुम्याइन् । जगतेले पनि झट्टै माइली बज्यैको खुट्टा ढोक्यो । माइली बज्यैले डालोमा भएको केहि सेलरोटीहरु झिकेर जगतेलाई दिइन् । भोकाएको हुनाले उसले रोटीहरु कुपुकुपु खान थाल्यो ।
“ए जगतेका बा , जगतेका बा । उठ न छोरो आइपुुग्यो ।” माइली बज्यैले झस्झकाइन् ।
माइला बा आमा छोराको गन्थनमन्थन सुनेर पहिले नै ब्युझिसकेका थिए तर निन्द्रामै भएझै गरि उसले भनि “ ह १ ,आइपुग्यो । मध्यै राती पो पारेछ ।”
हातमा रहेको रोटीको टुव्रmोलाई थालमै राखेर जगते जुरुक्कै उठ्यो र माइला बालाई गएर ढोग्यो ।
तीनै जनाको बीचमा केहि बेरसम्म कुुरा चलिरह्यो ।
भोलीपल्ट सबेरै यमुना जगतेको घरतिर लागि । यमुनाको अनुहारमा चमकताको भाव देखिन्थ्यो । सधै उदाश रहने प्रवितीलाई चटक्कै छाडेझैं उनले त्यो दिन प्रशन्नतालाई साथमा लिएकी थिइन् ।
आँगनको बीचमा पुग्ने बित्तिकै यमुना टक्क अढिइ । ऊ मात्र एकोहोरो टोेलाइरहिँ ।
उसको नजर एक नजरसँग जुध्यो जसलाई ऊ सदा आफ्नो नजरका सामुन्ने राख्न चाहन्थि । उसको मनभित्र अद्भुत संचारको अनुभूती भयो । सायद धेरै वर्षदेखि खोजीरहेको वस्तु पाए जस्तो । अघिपछिका सम्पूर्ण वस्तुहरु उसले भुलि , मात्र त्यहिँ नयनतिर आर्कषित भइ ।े
“ए यमुना पो आइछ ।” माइली बज्यैको आवाज सुनेर ऊ झसङ्गै झस्कि ।
अलिअलि लजाए झै गरि बलेसीमा भएको पिरामा टुसुक्क बसिँ ।
“यो त मध्यै राती पो आइपुग्यो , तैले पत्तै पो पाइनस् त ।”
सधै माइली बज्यैसँग खुलेर बोल्ने यमुुना लगभग चुप नै थिइ । उसको ध्यान मात्र जगतेतिर केन्द्रित थियो । पटक–पटक दुवैका आँखा जुधिरहन्थे ।
“लौ न चिया ब’सा र आकि थे , भुसुक्कै भुलेछु ।” भन्दै माइली बज्यै हतार–हतार भित्र पसिन् ।
जगते यमुनाको नजिकै गएर बस्यो । यमुनाले अलि लजाए झै गरी मुन्टो निहु–याइ ।
“मेरो याद कमै आयो कि क्या हो रु , यमुना जी । चिठ्ठी त कमै लेख्थेउ नि त ।”
जगतेले अलि ठट्यौली पाराले भन्यो ।
“तिम्रो याद नआए अरु कसको आउछ त । चिठ्ठी नै लेख्नुपर्छ र रु यहिँ आएर तिम्रो हाल बुझिहाल्थे नि ।”
यमुनाले वास्तविकतालाई लुकाएर बोली । यमुनाकी आमा निकैं रोगी भएकी कारण घरधन्दाको प्रायः सवै कामहरु उसैले गर्नुपथ्र्यो । त्यसैले प्रायः ऊ व्यस्त नै रहन्थि । हुलाक निकै टाढा भएका कारणले पनि उनीले तीन चार वटा चिठ्ठी मात्र जगतेलाई पठाउन सकेकि थिइ ।
“रमिते चौतारो त हामी दुवैलाई सँगै नदेखेर रोइ’रा होला । भेट्न जाने हैन त रु” जगतेले अलि घुमाउरो पाराले मुुसुमुसु हाँस्दै भन्यो ।
यमुना मात्र चुप रहिँ । निहु–याएको मुन्टोलाई जगतेको अनुहारतिर मोडि । यमुनाले जगतेलाई नजिकैबाट नियाली । उसका आँखामा आफूप्रति रहेको मायाको सागरको झझल्को पाई । ऊ जुरुक्कै उठि ।
जगतेले उसको हात च्याप्पै समात्यो अनि भन्यो ः–
“खै त जवाफ फर्काएको रु”
यमुनाले उसको हात फुस्काइ र मामाघरतिर लम्किदै भनि ः–
“खै अव त विश्वाश नै गर्न छोडेउ कि क्या हो रु, तिमीले भन्दा कहिले पो हुन्न भनेकी थे र रु”
जगते एकोहोरो यमुनातिरै टोलाइरह्यो ।
“खै त यमुना रु”
माइली बज्यैको आवाज सुनेर जगते झस्कियो अनि भन्यो ः–
“उनी त गइसकिन् ।”
“लौ चियै नखाई बुर्कुचा ठोकिछ ।” जगतेलाई चिया दिदै माइली बज्यैले भनिन् ।
घाम सल्लेरी डाँडोमा छिपिसकेको थियो त्यसैले त प्रचण्ड गर्मीको प्रभाव अलि कम भएझै लाग्दथ्यो । जगते भने रमिते चौतारोतिर लम्कियो ।
यमुना भने त्यहाँ उसैको प्रतिक्षामा तल्लिन थिइ । लाग्थ्यो , भुतमा त्यहाँ ऊ सँग बिताएका रमाइला पलहरु जस्ता क्षणहरु फर्कने आशमा ऊ भौतारिएकि थिइ ।
जगते यमुनाको छेउमा गएर टुसुक्क बस्यो । उनलाई अंगालोमा कस्दै भन्यो ः–
“तिमीले अझै कुर्नुपर्दैन , यमुना । म छिटै नै तिमीलाई आफ्नो बनाउने छु ।”
यमुनाको आँखामा हर्षका आशु देखिए । जगते अलि भावुक भयो ।
यमुनाले सुक्क–सुक्क गर्दै भनि ः–
“ चेपारो मात्र घसेको हौ कि रु,साच्चिकै मलाई आफ्नो बनाउछौ नि रु, जे भा’नि म त तिम्रो लागी सातै जुनीसम्म पर्खिरन्छु ।”
जगतेका आँखामा पनि एकाएक आशुका थोपा देखा परे । उसले यमुनालाई अझै बलियोसँग अंगालोमा कस्यो र भन्यो ः–
“यमुना तिमी मेरी हौ , मात्र मेरी । तिमी र मलाई कसैले अलग पार्न सक्दैन ।”
यमुनाको मनभित्र अजिव आनन्दको अनुभूती भयो ।उसले त्यहिँ अंगालोमा कसिएर सारा जीन्दगी बिताउने अभिलाशा लिई ।
लाग्थ्यो दुवै जना जोडी पंक्षीहरु झैं मायारुपी संसारमा उडिरहेथे । वरपरका वस्तुहरुलाई बिर्सिएझै मात्र एक–अर्कामा भुलिएका थिए ।
साउने सव्रmान्तिमा बर्षेनी चिरौली भञ्ज्याङ्घमा मेला लाग्ने गर्दथ्यो । ओखरबोटे गाँउबाट ३ घण्टाको पैदलपछि मात्र त्यहाँ पुग्न सकिन्थ्यो । यमुना भने उसकी साथी रमीला र सुष्मासँग मेलातिर लागिसकेकी थिइ । उनीहरु बेलौती दोभानको छेऊमा गई जगते र रामुलाई पर्खिबसेँ । बाटोमा रामु र जगते ठट्यौली गर्दै लम्किए ।
कुराकानीकै व्रmममा रामुले जगतेलाई भन्यो ः–
“हन फेरी त विदेश जान्छस् कि नाइ ।”
“खै , म त फेरी जान्न क्यारे । को जान्छ त्यो खडेरीमा हड्डी खियाउन रु”
“लौ , अनि त गाममा के गरेर बस्छस् त रु”
“खै , के गर्ने रु,के गर्ने रु, त्यसै हल्लिएर नि भएन क्यारे ।”
“लौ मैले भन्या मान्छस् भने जङ्गलतिरै पस् । अलिअलि तनखा पनि दिन्छन् क्यारे।”
“नाइ म , तँ जस्तो त्यसो गर्न चि सक्दिन हौ । खै डरै लागेर आँउछ मलाइ त ।”
“लौ जे गर्छस् गर ।”
कुराकानी गर्दागदै उनीहरु बेलौतीमा दोभानमा पुगे । उनीहरु त्यहाँ पुग्ने बित्तिकै सुष्माले अलि चड्किलो पाराले भनि ः–
“ क्यानम कति बेर कुरार बसाका, आउने टाइम यहिँ हो रु”
रामुले जिस्काए झै गरि भन्यो ः–
“यति कुर्र्र्दैमा हामीलाई भेटेउ क्यारे, तिमी त अति भाग्यमानी रछेउ नि होउँ ।”
सवै जना गललल हाँसे । त्यसपछि गफ गर्दै उनीहरु मेलातिर लम्किए ।
मेलामा जगतेले यमुनालाई बुट्टेदार साडी , सिल्की परेको चोली र केही चुराहरु किनिदियो। मेलाको एकातिर दोहोरी गीत घन्किरहेथ्यो ।
माझीदाई पोखरा फेवातालको ।
लाऊ माया साच्चैको नलाऊ भो ख्यालख्यालको ।
माया तिमी आएछौ मेला भर्ने सुरमा ।
लान्छु तिमीलाई भगाएर बेलौतीपुरमा । ..................
रमीला, सुष्मा र रामु भने दोहोरीमा खुलेर नाँचे ।
एक जोडी एकातिर आफ्नै धुनमा मायाप्रेमका कुरामा लठ्ठ थिए । उता रामु भने यमुनाका सहेलीसँग भुलिरहेको थियो ।
साँझ पर्न लागेको थियो । जगते भने यमुनालाई मेलाको नजिकै रहेको चौतारोमा बस्न लगाएर रामु ,सुष्मा र रमीलालाई खोज्न मेलातिर पस्यो ।
पित्ले गाँउको मुखियाको छोरो दलबिरे पनि उसका केहि साथीहरुको साथमा मेलामा आएथ्यो । पित्ले गाँउ चिरौली भञ्ज्याङ्गको छेउको गाँउ हो ।गाँउभरिका मानिसहरु प्रायः कसैले पनि उसलाई मन पराउदैनथे । ‘बाउ चाँहि त्यस्तो छन् ,यो धन्धुकारी का बाट जन्मेछ ।’ भनेर गाँउका कयौ मानिसहरु उसलाई भन्दथे ।
यमुनालाई एक्लै बसिँरहेको देखेर ऊ र उसका केही साथीहरु यमुनाको नजिकै गए । यमुनाले मुन्टो अर्कोतिर फर्काइ ।
“लौ किन लजा कि , हाम्लाइ पनि यसो ठाँऊ देउन हौ त्यो मनमा ।” यमुनाको नजिकै गएर टुसुक्क बस्दै उसले भन्यो ।
उसका साथीहरु खित्का छाडेर हाँसे । यमुनाको मनभित्र एक्कासी भयको जन्म भयो । खै के गर्ने रु, के भन्ने रु, उसले केहि सोच्न सकिन । बसेको ठाँउबाट जुरुक्कै उठि ।
त्यो देखेर दलबिरेले यमुनाको हात च्याप्पै समायो अनि भन्यो ः–
“लौ हेर किन डरा कि रु, यसो हामीसँग कुरा गर्र्दैमा के बित्छ र रु”
“छोड् मेरो हात । छोड् भन्या ....। छोड् ..।
त्यतिकैमा जगते आइपुग्यो । यमुनाले हात फुस्काइ अनि जगतेको नजिकै गई तर अझैंपनि दलबिरेले उसलाई जिस्काउन भने छाडेन । जगतेलाई असह्य भयो अनि अलि ठुलो स्वरले भन्योः–
“मैले भन्या छु क्यारे , उनको पिछे लाग्न छाड । एक्ली केटीलाई किन छेड्छौ ए भाते होरु, रति पनि सरम छैन तिमेरलाई रु”
दलबिरेले एक्कासी जगतेलाई घचेड्यो र भन्यो ः–
“लौ तैले जोरी नै खोजेको होस् , पाँजी । लौ आ , तेरा थुतुनो–सुतुनो च्यातिदिन्छु । मलाई चिन्या छैनस् क्या र रु,तेरो बाउको बिहे देखाइदिन्छु , लौ आ।”
जगते अलि डरायो । उसको पुरा शरिर नै थरथर काप्न थाल्यो । त्यसैले ऊ अलि पछि हट्यो । मात्र चुप भयो , केहि पनि बोलेन । जगतेको अनुहारभरि पसिनाका छिटाहरु देखा परे । यमुना भने अति भयभित भई अनि जगतेको हात समाएर तान्दै अलि पर लगि ।
रामु ,सुष्मा र रमीलाको भने कुनै अत्तोपत्तो नै पाइएन । सायद उनीहरु पहिले नै घरतिर लम्किसकेका थिए ।
प्रायः दिनैपिच्छे जस्तो रमिते चौतारोमा भेटेर मायाप्रेमका कुराहरुमा चुर्लुम्मै डुब्नु यमुना र जगतेको दिनचर्या नै थियो । दुवैजनाको प्रेमसम्बन्ध यति मजबुत थियो कि सायद एक बिना अर्को उनीहरु कल्पना समेत गर्न सक्दैनथे । “त्यो बेगारीसँग किन लिसो लागेर हिड्छेस् ।” भन्ने यमुनाका बा उनीहरुको सम्बन्धका बारेमा सकारात्मक रुपमा प्रस्तुत हुन थालिसकेका थिए ।
बरालिएर हिड्ने छोरो अलि बुझकि भएको कारणले गर्दा माइला बा मख्ख थिए । छोराको प्रशंसा बढाइचढाइ रुपमा गाँउभरि नै गर्दथे । कामलाई टारेर पन्छिने प्रवृतीको जगतेले “ल ल छोड्नुस् आमा , म गरिहाल्छु नि १” भन्न पछि परेको थिएन । छोराको त्यस्तो बानी देखेर माइली बज्यै पनि प्रशन्न थिइन् ।
दिनहरु बित्दै गए ।
एक दिन बिहान पल्लाघरे मसिनेको माध्यमबाट यमुनाको हात माग्न जाने कुरामा निर्णय भयो । त्यसै दिन बेलुकी माइला बा , जगते , मसिने र रामु यमुनाको हात माग्न भनि पल्लो गाँउतिर लम्किए । शुरुमा यसप्रति त्यति सकारात्मक नदेखिए पनि अन्ततः यमुनाको आमाको ढिपीले गर्दा श्रीधर बस्नेत त्यस सम्बन्धका बारेमा राजी भएरै छाडे । लगन चाँहि दुई महिनापछि हुने निश्चित भयो ।
“श्रीधर बस्नेतको संंंंंम्धी हुने भइस् । छोरो त भाग्यमानी पाइछस् ।” भनेर गाँउभरिका पाकाहरु माइला बालाई भन्दथे । त्यसैले माइला बालाई आफ्नो शिर पहिले भन्दा अलि उचो भए झै लाग्दथ्यो । पहिलेको जस्तो मैलो , फाँटेको कमिज सुरुवाल उनी लगाउँदैनथे, अलि सफा अनि नयाँ लगाउँदथे । गाउँलेहरुले अलि सम्मान गरे झैं लाग्दथ्यो उनलाई ।
जगते र यमुनाको विवाहको दिन नजिकिदै गइरहेको थियो । पहिले जस्तो दिनहुँ भेट गर्ने रमिते चौतारोमा कयौं दिनहरुदेखि ती जोडी प्रेमीहरुको भेटघाट हुन सकेको थिएन । तर पनि ती प्रेमीहरुको मनभित्र हर्षको झिल्को पाउन सकिन्थ्यो ।
एक दिन साँझमा जगते बलेसीमा बसेर मकै छोडाइरहेथ्यो । माइली बज्यै गाईलाई खोले बसाउन घर पछाडीको गुहालीमा छिरेकी थिइन् । माइला बा भने पल्लाघरे मसिनेको घरमा गफ उडाउदैथेँ । यमुना र जगतेको कुरो छिनेपछि माइला बा प्रायः त्यहिँ जान थालेका थिए । हातहतियार सहितका सादा पोशाकमा आएका केहि शैनिकहरु एक्कासी माइला बाको घरतिर पसे । मकैं छोडाउदै गरेको जगते टक्कै अडियो । उसको मनभित्र चिसो पस्यो ।
“तिमीसँग केहि काम छ , हामीसँग हिँड ।” त्यहाँको कुनै एक शैनिकले अलि सानो आवाजकासाथ भन्यो ।
जगते जुरुक्क बलेसीबाट उठ्यो । हातमा रहेको खोयोलाई फुत्त भुँइमा फाल्यो । अनि अत्तालिदै भन्यो ः–
“ह...ह...हैन १ ,मैले केहि गरेकै छैन । मलाई नलानुस् ।”
“तिमीलाई केहि हुन्न । ल अब हामीसँग हिडिहाल तुरुन्त ।”
“नाई हजुर , म जान्न होऊ । म..म..मैले केहि गरेकै छैन ।”
“बड्ता कुरो नगरी कन खुरुखुरु हिड् नत्र.....।” भन्दै एक शैनिकले जगतेको कन्चटमा बन्दुक तेर्सायो । जगते अक न बक भयो । उसले केही बोल्नै सकेन ।
हल्लाखल्ला सुनेर माइली बज्यै आँगनमा निस्किन् । उनको मनमा भुँइचालो गए झैं भयो। अनि तुरुन्तै उनी चिच्याइन् “हन १ ,के गर्न लाग्यौ नि मेरो छोरोलाई रु छाड्देउ । हैन,..छाड्देउ ।”
“सोधपुछको लागी मात्र हो । भोली नै छाडिदिन्छौ ।” एक शैनिकले भन्यो ।
माइली बज्यै सुक्–सुक् गर्र्दै रुन थालिन् । छोरोलाई केही हुन्छ कि रु भन्ने भयले उनका मष्तिकमा अनेकन कुराहरु उब्जिए । एक शैनिकले जगतेलाई पक्रिएर तान्दै लग्यो । जगते पछाडी फर्कदै मलिन अनुहार बनाएर आमातिर पटक–पटक हेरिरह्यो ।
खै कुन्नि किन हो रु ऊ मात्र चुप थियो । मनमा उर्लिएका बाढीहरु मात्र उसको घरतिर बढ्न खोज्दथे । माइली बज्यैले आफुलाई नियन्त्रित गर्न सकिनन् अनि “हैन....छाडिदेउ । एल्ले केहि गरेकै छैन ।” भन्दै पछिपछि केहिबेरसम्म लागिन् । जगतेका आँखामा एकाएक आशुका धारा बर्सिए । माइली बज्यै आशु पुछ्दै घरमा फर्किन अनि बलेसीमा टुसुक्क बसिन् । तर उनले आफुलाई सम्हाल्न सकिनन् , उनका आँखाबाट आशुका धारा पुनः बर्सिन थाले ।
केहि बेरपछि माइला बा घर फर्किए । माइली बज्यैका आँखामा आशु देखेर ऊ अलि स–शंकित भएर भने ः–
“हन किन रोए कि रु, के भो रु”
माइली बज्यै झनै भक्कानो फुटाएर रुन थालिन् ।
माइला बाको मनमा चिसो पस्यो ।
अलि शान्त झै भएर माइली बज्यैले भनिन् ः–
“ केहि सेनाहरु आएर जगतेलाई लगे । सोधपुछ गर्छु भन्थे ।”
उनको कुरा सुनेर माइला बा छाँगाबाट खसेझै भए । मनभित्र एकाएक आँधी चलेझै भयो। मनभित्र चलेको आँधीलाई मनभित्रै दबाएर उनले भने ः–
“न रो भोली त फर्किहाल्छ नि रु, के नै पो गरेको छ र त्यस्ले रु”
देशमा चलेको तत्कालिन आन्तरिक द्धन्दबाट कयौ मानिसहरु विस्थापित भएका थिए ।
कयौलाई अपहरणपछि निर्मम तवरले यातना दिइएको थियो भने कतिको त हत्या नै गरिएको थियो । जसका लागी सरकारी पक्ष र विद्रोही पक्ष दुवै दोषी देखिन्थे ।
माइला बा र माइली बज्यै चिन्ताको भुमरीमा रुमलिए । दुवैले एकै गाँस खाना पनि खाएनन्। माइली बज्यैलाई भने रातैभरि निन्द्रा लागेन । छोरालाई केहि भइहाल्छ किरु भन्ने पिरले रातैभरि मनमा अनेकन कुराहरु खेलाइरहिन् ।
छोरा आउछ कि भन्ने सोचेर दुवै दिनैभरि उसैको प्रतिक्षामा तल्लिन रहे । तर ऊ भने फर्किएन । दुवै बुढा–बुढी झनै चिन्तित बन्न पुगे । आशाको झलक देखिने माइला बाको अनुहारमा निराशायुक्त झलक देखिन थाल्यो ।
दुइ दिन बितिसक्दा पनि जगतेको अत्तोपत्तो नपाएपछि अर्को दिन उसको खोजीमा माइला बा निस्किए । उनी कहिले सरकारी पक्षका शैनिक क्याम्पहरुमा पुग्थे त कहिले विद्रोही पक्षका अखडाहरु , तर कहिँ पनि जगतेको अत्तोपत्तो भने पाइएन ।
प्रायः दिनैभरि जगतेको खोजीमै माइला बा भौैतारिन्थे अनि एकदमै निरश र थकित भएर उनी बेलुकीपख घर फर्किन्थे । त्यो देखेर माइली बज्यै डाको छाडेर रुन्थिन् । माइला बा पनि आफुलाई सम्हाल्न सक्दैनथे अनि एकान्तमा गई मौन भएर बस्दथे । न त दुवैलाई भोकको प्रवाह थियो न त निन्द्राको ।
उता यमुना भने जगते अपहरित भएको खवर सुनेदेखी एकदमै सिथिल देखिन्थि । उसको अनुहारमा नैराश्यताको भाव झल्किन थाल्यो । प्रायः सधै रमिते चौतरोमा गएर
एक्लै टोलाइरहन्थि । खानामा पट्टकै रुची गर्दिंनथि त्यसैले त दुब्लाएर भाँटो झै भएकि थिइ। ढोका थुनेर कोठामा जगतेको तस्विर हेर्र्दै रुने गर्दथी ।
दिनहरु बित्दै गए । तर जगतेको कहिँ पनि ठेगानै पाइएन ।
माइला बा भने निष्व्रिmय झै भइसकेका थिए । छोरालाई कुर्नु बाहेक अरु कुनै विकल्प नै थिएन । माइली बज्यै भने मानसिक रुपमा नै अस्वस्थ्य बन्न थालेकी थिइन । एक मात्र छोरो त्यहिँ पनि उसको अत्तोपत्तो नहँुदा आमाको मनमा कस्तो बज्रपात पर्छ , त्यो त हामी सवैलाई सर्वविदित नै छ । “मेरो छोरोलाई खोजेर ल्याइदेउ ।” भन्दै सधै उनी माइला बाको नजिक गइ रुने गर्थिन् । माइला बा भने मात्र चुप लागेर बस्दथे ।
दर्दलाई मनभित्रै लुकाउँदथे अनि कहिँलेकाहिँ त आफुलाई नै सम्हाल्न नसकेर एकान्तमा गइ रुने गर्दथे ।
अपहरित भएको तीन महिना बितिसक्दा पनि जगते भेट्टिएन ।
समय बित्दै जादा देशमा अनेकन परिर्वतनहरु देखा परे । सव्रिmय निरंकुश राजतन्त्रका विरुद्ध सडक–सडकमा जनलहर ओर्लियो । नयाँ नेपालको निर्माणका निमिक्त कयौले आफ्नो रगतका प्रवाह गरेनन् त कयौले आफुलाई नै आफ्नो देशको निमिक्त आहुती गरे । अन्ततः जनताकै जीत नै भयो । सव्रिmय निरंकुुश राजतन्त्रले घुडाँ टेक्यो । फलस्वरुप केही समयपछि शक्ता पक्ष र विद्रोही पक्षका बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भई देशको आन्तरिक द्धन्दको समाप्तिको घोषणा समेत गरियो । जुन खवरले गर्दा द्धन्दबाट प्रभावित कयौं परिवारमा आशायुक्त बिज रोप्न सहयोग ग–र्यो । तर आशायुक्त बिज टुसा नलागी मासियो।
द्धन्दका समयमा बेपत्ता पारिएका कयौं व्यक्तिहरु अझैसम्म पनि अज्ञात नै छन् ।
उनीहरु जीवित छन् या त मृत रु यो प्रश्न मात्र प्रश्नवाचक चिन्हमा सिमित
छ ।
माइला बा र माइली बज्यै अझैसम्म पनि छोरो आउने झिनो आशमा बलेसीमा एकोहोरो टोलाएर कयौ समयसम्म बसिरहन्छन् । माइली बज्यैका आँखा अझैसम्म पनि रसाइरहेछन् । उनको मुहारमा मात्र नैराश्यताको भाव पाइन्छ । छोराको वियोगले गर्दा उनी कमजोर र लाचार बन्दै गइरहेकि छिन् । कहिँलेकाहिँ त उनी आफुलाई अझै सम्हाल्नै सक्दिनन् अनि एकान्तमा गएर भक्कानो फुटाएर रुन्छिन् । गाँउभरि गफ छाड्दै हिड्ने माइला बा आजकल मौन देखिन्छन् । झिनो आशलाई मनभित्रै थुपारेर अझै उनी बाँचिरहेका छन् ।
रमिते चौतारो आजकल उजाड देखिन्छ । लाग्छ , मात्र सुन्यता छ त्यहाँ । सजीवताको गुणलाई हराए झैं यमुना लाग्छ आजकल त्यहाँ गम्भिरतामा रुमलिएकि छे ।
भुतमा ऊ सँगै बिताएका रमाइला पलहरुलाई मनभित्रै खेलाएर ऊ आउने आशमा अझै पनि तड्पिएकी छे । आफूलाई चञ्चल पार्ने स्पर्शहरुको खोजीमा भौतारिएर अनि खाँली सिउदो मात्र उसैद्धारा सजाउने अभिलाषा बोकेर कसैलाई लाग्छ अझै ऊ पर्खिरहेकी छे । कहिँलेकाहिँ त अझै आफूलाई सम्हाल्नै सक्दिन अनि रमिते चौतारोमा गएर धुरुधुरु रुन्छे । जगतेले किनिदिएको हातको चुरालाई हेरेर मन अलि शान्त पार्छे अनि आँखाबाट बर्सिएका आशुका धाराहरुलाई पुछ्दछे ।
लाग्छ आशायुक्त त्यान्द्रोलाई मनभित्रै गुम्साएर आफ्नो जीन्दगी उसैको लागी सर्मपण गर्ने प्रण गरेकी छे । मात्र ऊ फर्कने आशमा ..........। मात्र उसैको पर्खाईमा.........
धन्यवाद
Friday, April 30, 2010
Thursday, January 7, 2010
Article Published on Kantipur Dainik(Negligency of Nepal Electricity Authority)
प्राधिकरणको लापरवाही
जलश्रोतको धनी देश नेपालमा १८ घण्टासम्म लोडसेडिङ् हुनुका पछाडि अनेकौ कारणहरु छन् । ती मध्ये देश लामो समयसम्म द्धन्द्धमा फस्नु त्यसपछि सङ्व्रmमणकालिन स्थितीमा रहिरहनु अनि छिटो छिटो सरकारको स्वरुपमा परिर्वतन भइरहनु र परिणामस्वरुप जलविद्युत परियोजनाहरु योजनामा मात्रै सिमित हुनु लोडसेडिङ् हुनुको पछाडीको प्रमुख कारण हो ।
हाल नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्लाई घटाएर ४ घण्टामा पुप्याएको छ । जनताहरुलाई तत्कालिन समयमा भन्दा पक्कै पनि धेरै नै राहत मिलेको छ ।
बर्षेनी प्राधिकरण घाटामा गइरहेको छ । यो वर्ष प्राधिकरणले लगभग ६ अर्ब घाटा बेर्हनुपप्यो जुन पहिलेको वर्षभन्दा ४ अर्बले बढि रहेको छ । के साञ्चै नै विद्युत प्राधिकरणले ४ घण्टा लोडसेडिङ् गर्नुपर्ने बाध्यता छ त ?अनि प्राधिकरण घाटामा जानुको पछाडीको प्रमुख कारण के हुन् त ? ,यी प्रश्नहरु प्राधिकरणका लागि गम्भिर प्रश्नहरु हुन् ।
हामी पुल्चोक इन्जिनियरिङ् क्याम्पसका इलेक्ट्रिकल चौथो वर्षका विद्यार्थीहरु प्रशिक्षण लिने सिलसिलामा मर्स्र्याङ्दी हाइड्रोपावरको कन्ट्रोल कक्षभित्र थियौ । एक्काशी त्यहाँको एक कर्मचारी चिच्याए ल ल फ्रेक्वन्सी बढ्यो जेनेरेसन(उत्पादन) घटाउ । अर्को कर्मचारीले उत्पादन भइरहेको विद्युतलाई घटाउदै गए तरपनि फ्रेक्वन्सी सन्तुलनमा आउन सकेन । अनि फेरी हतारिदै काठमाण्डौमा भएको भार प्रक्षेपण केन्द्रमा फोन लगाए र भने लोड बढाइदिनुपप्र्यो यहाँको फ्रेक्वन्सी बढ्यो ,नत्र यहाँको विद्युत उत्पादन नै बन्द गर्नुपर्ने हुन्छ । तर भार प्रक्षेपण केन्दका कर्मचारीले उनको आग्रहलाई वेवास्ता गरे । एकछिन अघिसम्म लगभग ६९ मेघावाट विद्युत उत्पादन गरिरहेको त्यस पावरहाउसमा त्यो समयमा मात्र ३६ मेघावाट विजुली उत्पादन भइरहेको थियो,जुन उत्पादन गर्न सकिने विद्युतशक्ति भन्दा लगभग आधा थियो । अनि लगभग ७० मेघावाट उत्पादन भइरहेको मध्र्यमर्स्र्याङ्दीले मात्र ४२ मेघावाट उत्पादन गरिरहेको थियो । त्यहाँका एक कर्मचारीले कालीगण्डकी ए मा सम्पर्क गरे त्यहाँ पनि उत्पादन गर्ने क्षमता भन्दा कम विजुली उत्पादन भइरहेको थियो । त्यो देखेर एक कर्मचारी हामीतिर इसारा गर्दै गुनासो पोख्न थाले “हेर भाई हो यस्तो गैरजिम्मेवार छ प्राधिकरण । एकतिर चाहिने भन्दा बढि लोडसेडिङ् गरेर जनतालाई दुख दिइरहेछ भने अर्कातिर त्यसको प्रभावले र व्यवस्थापकिय लापरवाहीले उत्पादनमा आफै हृास ल्याएर बर्षेनी घाटामा गइरहेको छ ।” उनले भार प्रक्षेपण केन्द्रका कर्मचारीहरुले आफ्नो सहजता अनुकुलको काम गरेको आरोप समेत लगाए । उनको कुरा सुनेर हामी सबै तीनछक्क पप्यौ ।
वास्तविकता के रहेछ भने विद्युत प्राधिकरणभित्रको व्यवस्थापन एकदमै फितलो रहेछ जसले गर्दा एक ठोस अध्ययनबिना नै प्राधिकरणले लोडसेडिङ्को तालिका निकालेको रहेछ । चाहिने भन्दा बढी लोडसेडिङ् गराउनु (केही फिडरहरुमा विद्युत आर्पुती गर्न सकिदा सकिदै पनि आर्पुती नगराइनु) र लोडसेडिङ् हुँदा लोड घटेर ग्रीडमा जोडिएका सम्पूर्ण पावरहाउसहरुलाई उत्पादन गर्ने क्षमता भन्दा कम बिजुली उत्पादन गर्न बाध्य पारिनु विद्युत प्राधिकरण घाटामा जानुका प्रमुख कारणहरु रहेछन् । यी तथ्यहरुलाई नियाल्दा विद्युत प्राधिकरणको लापरवाही नै ४ घण्टासम्म लोडसेडिङ् हुनुको पछाडीको प्रमुख कारण हो भन्न सकिन्छ । सबै पावरहाउसमा उत्पादित विद्युतहरुलाई नियन्त्रणमा राखेर विद्युत वितरण गर्नु भार प्रक्षेपण केन्द्रको मुख्य काम हो,जुन केही चुनौतीपूर्ण पनि छ । तर पनि चुनौतीपूर्ण छ भन्दैमा पुरै सुुुरक्षित साइडमा बसेर देशभरिको विद्युत शक्ति उत्पादनमा कमी ल्याउनु भार प्रक्षेपण केन्द्रको गैरजिम्मेवारीपन हो । नेपाल विद्युत प्राधिकरण यी विषयहरुमा संवेदनशिल हुनु अत्यन्तै जरुरी रहेको छ र भोलीका दिनमा सवै पावरहाउसहरुलाई अनुकुल हुने गरि ,भारप्रक्षेपण केन्द्रसँगको परामर्सका साथ एक ठोस अध्ययन गरेर मात्र लोडसेडिङ्को तालिका निकाल्नु आवश्यक रहेको छ । जुन प्राधिकरणको हित अनुकुल हुन सक्छ ।
लेखनाथ काफ्ले

Wednesday, December 30, 2009
Article published in Annapurna post(Related to Hydro Energy Crisis)
जाडो यामको सुरुवात र लोडसेडिङ्गको मार
जाडो यामको सुरुवातसँगै पानीको मुहान सुक्न थालेकाले नेपालका नदीहरुमा पानीको मात्रा घट्न थालेको छ । पुनः एकपटक नेपालीहरुले घण्टौ घण्टासम्म लोडसेडिङ्गको सामना गर्नुपर्नेछ । जब भयो राती अनि बुढी ताती भन्ने नेपाली उखान झै जब लोडसेडिङ्ग अधिक मात्रामा हुन्छ तब यसको चर्चा संचारका साधनहरुमा अधिक मात्रामा सुन्न अनि देख्न पाइन्छ । अनि त्यतिखेरै लोडसेडिङ्ग हटाउन वैकल्पिक व्यवस्थाको खोजी गरिन्छ । किन अहिले यस विषयमा सरकार अनि नेपाल विद्युत प्राधिकरण लगभग मौन झै छ त रु अहिले देखि नै वैकल्पिक व्यवस्थाको खोजीमा किन त्यति चासो देखाइदैन त रु यी गम्भिर प्रश्नहरु हुन् ।
हाल नेपालमा संचालनमा आएका विद्युुत गृहहरुको कुल क्षमता लगभग ६८७ मेगावाट रहेको छ । अनि यो वर्षको जाडो याममा विद्युतको उच्च माग भने लगभग ८२२ मेगावाट रहनेछ । प्रसारण र वितरण लाइनमा हुने विद्युत खतिका कारणले उत्पादन भएको बिजुली उपभोक्तासम्म पुर्याउदा लगभग १५ प्रतिशतले विद्युत शक्तिमा कमि आउँदछ । जसलाई प्राविधिक विद्युत चुहावट भनिन्छ । यदि प्रसारण लाइनमा हुने खति १५ प्रतिशत लिने हो भने उपभोक्तासम्म पुग्ने बिजुली उच्चतम रुपमा ५८४ मेगावाट हुन जान्छ । जसले के देखाउछ भने उच्चतम विन्दुमा विद्युत उत्पादन हुँदा समेत नेपालमा यो वर्ष जाडो याममा उच्च मागको समयमा २३८ मेगावाट बिजुली अपुग हुन्छ । तर जाडो याममा जलविद्युत उत्पादनमा कमी आउने हुनाले कुल लगभग ५९२ मेगावाट मात्र बिजुली उत्पादन गर्न सकिन्छ । तसर्थ यो वर्षको जाडोमा उच्च मागको समयमा प्रसारण र वितरण लाइनमा हुने खतिलाई समेत विश्लेषण गर्दा लगभग ३१९ मेगावाट बिजुली अपुग हुने देखिन्छ । त्यो अपुग बिजुलीलाई केहि वर्षभित्र नै पुर्ती गर्न सकिदैन तर न्युनिकरण गर्न भने सकिन्छ ।
प्राधिकरण घाटामा जाने प्रमुख कारणमा अप्राविधिक विद्युत चुहावट पनि पर्न जान्छ । कुल उत्पादित विजुलीको लगभग ११ प्रतिशत यस्तो चुहावट रहेको पाइएको छ ।त्यसैले प्राधिकरणले यस्तो चुहावट नियन्त्रणमा बढी चासो देखाउनु आवश्यक छ ।
अघिल्लो वर्षको जाडो याममा कुलेखानीको जलासयमा पानीको सतहमा कमी आउनाले ,कोशीमा आएको बाढीले गर्दा प्रसारण लाइनमा भएको क्षतीका कारणले , कालीगण्डकी ए मा एउटा बिजुली उत्पादन गर्ने युनिटमा आएको खरावी जस्ता कारणहरुले गर्दा विद्युत प्राधिकरणले १६ घण्टासम्म लोडसेडिङ्ग गर्नुपरेको थियो । तर यो वर्ष त्यस्ता समस्याहरु आइनपरेका हुनाले लोडसेडिङ्गको अवधि घट्ने सम्भावना निश्चित नै छ । तर त्यसका लागि संचालनमा आएका जलविद्युत आयोजनाको साथै विराटनगर र हेटौडामा भएका थर्मल पावर प्लान्टको उचित रुपमा अनुगमन,संचालन र मर्मतसंभार गरिनु नितान्त आवश्यक छ । यदि अवरोध कहि नआउने हो भने यो वर्षको जाडो याममा लोडसेडिङ्खको समयाअवधि बढीमा लगभग १२ घण्टासम्म हुनेछ ।
बर्षेनी सरदर ७ देखि ९ प्रतिशतका दरले विद्युतको माग बढिरहेको छ । तर गत वर्षको उत्पादनको आकडालाई आधार मान्दा यस वर्ष विद्युत उत्पादनमा मात्र २.५९ प्रतिशतले वृद्धि भएको छ । तर यो वृद्धिलाई सन्तोषजनक भने मान्न सकिदैन । जुन वार्षिक मागको वृद्धिदर भन्दा धेरै कम छ । यसले के देखाउछ भने बर्षेनी यही अनुपातमा उत्पादनमा बृद्धि हुने हो भने अब आउँदो वर्षहरुको जाडो याममा लोडसेडिङ्खको समयाअवधि झनै बढ्ने देखिन्छ ।
जसका लागि एक ठुलो आयोजनाको निर्माण आवश्यक छ । अरुण तेस्रो,माथिल्लो कर्णाली ,बुढी गण्डकी र पश्चिम सेती ३०० मेगावाट भन्दा बढी क्षमता भएका प्रस्तावित जलविद्युत आयोजनाहरु हुन् । उचित लगानीको स्रोतको अभावमा ती आयोजनाहरुको निर्माण प्रविmयाको सुरुवात भने भएको छैन । तर १०० मेगावाटभन्दा माथिको आयोजना निर्माणका लागि ऋण सहयोग उपलब्ध गराउने र त्यसमा कुनै सीमितता नरहने अनि प्रसारण लाइनको विस्तारमा पनि सहयोग गर्ने विश्व बैकको प्रतिबद्धताले भने केही आशा थपेको छ । जसले गर्दा आयोजना निर्माण प्रव्रिmयामा सहज पुग्ने निश्चित छ । तर अरुण तेस्रोको अवसान जस्तो परिणाम आउँन सक्छ भन्न पनि सकिन्न । यसको लागि प्राधिकरण अत्यन्तै चनाखो हुनु आवश्यक छ ।
घण्टौ घण्टासम्म हुने लोडसेडिङ्गले उद्योगधन्दा,कलकारखाना,अस्पताल,शैक्षिक संस्थाहरु र घरायसी कामकाजमा समेत अत्यन्तै नराम्रो प्रभाव पार्ने देखिन्छ । जसले गर्दा देशकै आर्थिक विकासमा समेत अवरोध पैदा हुन जान्छ ।तसर्थ जतिसक्दो चाडो लोडसेडिङ्खलाई हटाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने देखिन्छ । ठुला तथा मध्यम जलविद्युत आयोजनाहरुको निर्माण गर्न ५ देखि १० वर्षसम्म लाग्ने गरेको पाइन्छ । त्यो अवधिसम्म विद्युतको मागलाई परिपुर्ती गर्नका लागि अहिलेदेखि नै वैकल्पिक उपायहरुको खोजी गरिनु नितान्त आवश्यक छ । नत्रभने लोडसेडिङ्खले बिकराल रुप लिन सक्नेछ । गतसालको जाडो याममा लोडसेडिङ्खको अवधिमा औद्योगिक तथा सहरी क्षेत्रमा अधिकांस रुपमा डिजेल जेनेरेटरको प्रयोग गरिएको थियो । जुन अत्यन्तै महंगो पर्न जान्छ र जसको प्रयोगले उत्पादन गरिएका वस्तुहरुको भाउ बढ्न गई बजारमा महंगी छाउन थाल्छ । तर प्राधिकरणले भने आउदा वर्षहरुमा लोडसेडिङ्ख हटाउने उत्तम उपायका रुपमा थर्मल पावर प्लान्टको निर्माण गर्न आवश्यक छ । समान क्षमता भएका जलविद्युत योजना भन्दा जसको निर्माण खर्च कम र निर्माण अवधि कम लाग्ने देखिन्छ । त्यसैले प्राधिकरणले थर्मल पावर प्लान्टको निर्माण र साना तथा लघु जलविद्युत आयोजनाहरुको निर्माणमा बढी चासो देखाउनु पर्ने अवस्था आएको छ । जसले आउदो वर्षहरुमा हुने लोडसेडिङ्खको समयाअवधि घटाउन निकै ठुलो भुमिका खेल्नेछ ।
लेखनाथ काफ्ले
पुल्चोक इन्जिनियरिङ् क्याम्पस

आधी चलिरहयो
म पनि त्यही आधीसगै लम्किये
आधीलाई रोक्ने बाधकहरुलाई तर्साये
आधीको जयजयकार गर्दै मासपेशी र रक्तपिण्डहरु चपाये
आधीले खरको छानोहरु उडायो
मक्किएका खम्बाहरु भत्कायो
त्रासमय बातावरण सबैतिर फैलाएर
छाप्रोका गासहरु खोस्यो र कपडाहरु उडायो
आधी चलिरहयो
म पनि त्यसैसग लम्किये
बोधिब्रिक्षका हागाहरु भाचेर आधीले
आफुलाई आँफै महान बनायो
भात्किएका छाप्राहरुलाई देखेर
ऊ आँफै रमायो
लाशका खातहरु उब्जायो
अनी त्रासता सबैतिर फैलायो
आधी चलिरहयो
म पनि त्यसैसग लम्किये
आधीदेखी डराएर परेवाहरु उडेनन
तर गिद्धहरु उसगै बतासिये
आधीसगै धुवाको मुस्लोहरु उड्यो
अनी सिनोका गन्धहरु फैलियो
आधीले सानो आगोको झिल्को उडाएर
सारा गाउ जलायो
बिकासको प्रतिद्रन्दी भएर
मात्र फुटायो , भत्कायो
अनी शोकगीतहरु उब्ज्यायो
आधी चलिरहयो
म पनि त्यसैसग लम्किये
तर आधीले राजदरबारका
बलिया खम्बाहरु भाँच्न पनि मद्घत गर्यो
सिंहदरबारका जालाहरु हटाउन सहयोग गर्यो
भत्किएका खम्बाहरु ठड्याउछु भन्दै
बिपरित दिशामा बहन थाल्यो
तर मात्र नयाँ शब्द लेखेको मजेत्रो उडाएर
नयापनको खिल्ली उडायो
आधी चलिरहयो
तर म किन त्यसैसग लम्किये

तीज को गीत written by me.
तीज को लहर
माइत जाने रहर
आउ नाचौ दिदीबहिनी दिलै खोलेर
घरधन्दा सधैभरी दु:खकस्ठ झेल्नुछ
आउ गाऔ सङीनी हो दिलैखोलेर
रातो साडी लगाकी छु
बुट्टे चोली साथमा
तिलहरी गलाभरि चुरा हातमा
सजिएर म त हेर दुलही झै भाकीछु
आउ नाचौ दिदीबहिनी संसार भुलेर
दर पनि खाउला
मन्दिर पनि जाउला
स्वामी ज्यु को दिर्गायुको बर मागौला
सिर्बन्दी सिरमा ढलक्कै ढल्काएर
आउ नाचौ सङीनी होदिलै खोलेर
तीज को लहर
माइत जाने रहर
आउ नाचौ दिदीबहिनी दिलै खोलेर
घरधन्दा सधै भरी दु:खकस्ठ झेल्नुछ
आउ गाऔ सङीनी हो दिलै खोलेर
माइत जाने रहर
आउ नाचौ दिदीबहिनी दिलै खोलेर
घरधन्दा सधैभरी दु:खकस्ठ झेल्नुछ
आउ गाऔ सङीनी हो दिलैखोलेर
रातो साडी लगाकी छु
बुट्टे चोली साथमा
तिलहरी गलाभरि चुरा हातमा
सजिएर म त हेर दुलही झै भाकीछु
आउ नाचौ दिदीबहिनी संसार भुलेर
दर पनि खाउला
मन्दिर पनि जाउला
स्वामी ज्यु को दिर्गायुको बर मागौला
सिर्बन्दी सिरमा ढलक्कै ढल्काएर
आउ नाचौ सङीनी होदिलै खोलेर
तीज को लहर
माइत जाने रहर
आउ नाचौ दिदीबहिनी दिलै खोलेर
घरधन्दा सधै भरी दु:खकस्ठ झेल्नुछ
आउ गाऔ सङीनी हो दिलै खोलेर
Sunday, December 27, 2009
Poem
Beautiful World
Those eyes…..
Which can observe an intense light
in the darkened cave
Which can view rainbow everytime
in the sky
Which only see the dreams
Of others
Which cannot focus
the injustice and pains..
Those hearts….
Which can melt
in the others` sorrow
Which assume world
as a own home
which have a
large vacant space
which can’t be broken
even a big storm flow…
Those thoughts……..
which include
a wide fragmented area
which chop the
dense , accumulated clouds
which carry the
changes and revolutions
which have a height
that is difficult to measure
For those eyes, hearts and thoughts…
THIS WORLD IS VERY BEAUTIFUL……
Those eyes…..
Which can observe an intense light
in the darkened cave
Which can view rainbow everytime
in the sky
Which only see the dreams
Of others
Which cannot focus
the injustice and pains..
Those hearts….
Which can melt
in the others` sorrow
Which assume world
as a own home
which have a
large vacant space
which can’t be broken
even a big storm flow…
Those thoughts……..
which include
a wide fragmented area
which chop the
dense , accumulated clouds
which carry the
changes and revolutions
which have a height
that is difficult to measure
For those eyes, hearts and thoughts…
THIS WORLD IS VERY BEAUTIFUL……
Subscribe to:
Posts (Atom)