Wednesday, December 30, 2009

Article published in Annapurna post(Related to Hydro Energy Crisis)

जाडो यामको सुरुवात र लोडसेडिङ्गको मार

जाडो यामको सुरुवातसँगै पानीको मुहान सुक्न थालेकाले नेपालका नदीहरुमा पानीको मात्रा घट्न थालेको छ । पुनः एकपटक नेपालीहरुले घण्टौ घण्टासम्म लोडसेडिङ्गको सामना गर्नुपर्नेछ । जब भयो राती अनि बुढी ताती भन्ने नेपाली उखान झै जब लोडसेडिङ्ग अधिक मात्रामा हुन्छ तब यसको चर्चा संचारका साधनहरुमा अधिक मात्रामा सुन्न अनि देख्न पाइन्छ । अनि त्यतिखेरै लोडसेडिङ्ग हटाउन वैकल्पिक व्यवस्थाको खोजी गरिन्छ । किन अहिले यस विषयमा सरकार अनि नेपाल विद्युत प्राधिकरण लगभग मौन झै छ त रु अहिले देखि नै वैकल्पिक व्यवस्थाको खोजीमा किन त्यति चासो देखाइदैन त रु यी गम्भिर प्रश्नहरु हुन् ।

हाल नेपालमा संचालनमा आएका विद्युुत गृहहरुको कुल क्षमता लगभग ६८७ मेगावाट रहेको छ । अनि यो वर्षको जाडो याममा विद्युतको उच्च माग भने लगभग ८२२ मेगावाट रहनेछ । प्रसारण र वितरण लाइनमा हुने विद्युत खतिका कारणले उत्पादन भएको बिजुली उपभोक्तासम्म पुर्याउदा लगभग १५ प्रतिशतले विद्युत शक्तिमा कमि आउँदछ । जसलाई प्राविधिक विद्युत चुहावट भनिन्छ । यदि प्रसारण लाइनमा हुने खति १५ प्रतिशत लिने हो भने उपभोक्तासम्म पुग्ने बिजुली उच्चतम रुपमा ५८४ मेगावाट हुन जान्छ । जसले के देखाउछ भने उच्चतम विन्दुमा विद्युत उत्पादन हुँदा समेत नेपालमा यो वर्ष जाडो याममा उच्च मागको समयमा २३८ मेगावाट बिजुली अपुग हुन्छ । तर जाडो याममा जलविद्युत उत्पादनमा कमी आउने हुनाले कुल लगभग ५९२ मेगावाट मात्र बिजुली उत्पादन गर्न सकिन्छ । तसर्थ यो वर्षको जाडोमा उच्च मागको समयमा प्रसारण र वितरण लाइनमा हुने खतिलाई समेत विश्लेषण गर्दा लगभग ३१९ मेगावाट बिजुली अपुग हुने देखिन्छ । त्यो अपुग बिजुलीलाई केहि वर्षभित्र नै पुर्ती गर्न सकिदैन तर न्युनिकरण गर्न भने सकिन्छ ।
प्राधिकरण घाटामा जाने प्रमुख कारणमा अप्राविधिक विद्युत चुहावट पनि पर्न जान्छ । कुल उत्पादित विजुलीको लगभग ११ प्रतिशत यस्तो चुहावट रहेको पाइएको छ ।त्यसैले प्राधिकरणले यस्तो चुहावट नियन्त्रणमा बढी चासो देखाउनु आवश्यक छ ।

अघिल्लो वर्षको जाडो याममा कुलेखानीको जलासयमा पानीको सतहमा कमी आउनाले ,कोशीमा आएको बाढीले गर्दा प्रसारण लाइनमा भएको क्षतीका कारणले , कालीगण्डकी ए मा एउटा बिजुली उत्पादन गर्ने युनिटमा आएको खरावी जस्ता कारणहरुले गर्दा विद्युत प्राधिकरणले १६ घण्टासम्म लोडसेडिङ्ग गर्नुपरेको थियो । तर यो वर्ष त्यस्ता समस्याहरु आइनपरेका हुनाले लोडसेडिङ्गको अवधि घट्ने सम्भावना निश्चित नै छ । तर त्यसका लागि संचालनमा आएका जलविद्युत आयोजनाको साथै विराटनगर र हेटौडामा भएका थर्मल पावर प्लान्टको उचित रुपमा अनुगमन,संचालन र मर्मतसंभार गरिनु नितान्त आवश्यक छ । यदि अवरोध कहि नआउने हो भने यो वर्षको जाडो याममा लोडसेडिङ्खको समयाअवधि बढीमा लगभग १२ घण्टासम्म हुनेछ ।

बर्षेनी सरदर ७ देखि ९ प्रतिशतका दरले विद्युतको माग बढिरहेको छ । तर गत वर्षको उत्पादनको आकडालाई आधार मान्दा यस वर्ष विद्युत उत्पादनमा मात्र २.५९ प्रतिशतले वृद्धि भएको छ । तर यो वृद्धिलाई सन्तोषजनक भने मान्न सकिदैन । जुन वार्षिक मागको वृद्धिदर भन्दा धेरै कम छ । यसले के देखाउछ भने बर्षेनी यही अनुपातमा उत्पादनमा बृद्धि हुने हो भने अब आउँदो वर्षहरुको जाडो याममा लोडसेडिङ्खको समयाअवधि झनै बढ्ने देखिन्छ ।
जसका लागि एक ठुलो आयोजनाको निर्माण आवश्यक छ । अरुण तेस्रो,माथिल्लो कर्णाली ,बुढी गण्डकी र पश्चिम सेती ३०० मेगावाट भन्दा बढी क्षमता भएका प्रस्तावित जलविद्युत आयोजनाहरु हुन् । उचित लगानीको स्रोतको अभावमा ती आयोजनाहरुको निर्माण प्रविmयाको सुरुवात भने भएको छैन । तर १०० मेगावाटभन्दा माथिको आयोजना निर्माणका लागि ऋण सहयोग उपलब्ध गराउने र त्यसमा कुनै सीमितता नरहने अनि प्रसारण लाइनको विस्तारमा पनि सहयोग गर्ने विश्व बैकको प्रतिबद्धताले भने केही आशा थपेको छ । जसले गर्दा आयोजना निर्माण प्रव्रिmयामा सहज पुग्ने निश्चित छ । तर अरुण तेस्रोको अवसान जस्तो परिणाम आउँन सक्छ भन्न पनि सकिन्न । यसको लागि प्राधिकरण अत्यन्तै चनाखो हुनु आवश्यक छ ।
घण्टौ घण्टासम्म हुने लोडसेडिङ्गले उद्योगधन्दा,कलकारखाना,अस्पताल,शैक्षिक संस्थाहरु र घरायसी कामकाजमा समेत अत्यन्तै नराम्रो प्रभाव पार्ने देखिन्छ । जसले गर्दा देशकै आर्थिक विकासमा समेत अवरोध पैदा हुन जान्छ ।तसर्थ जतिसक्दो चाडो लोडसेडिङ्खलाई हटाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने देखिन्छ । ठुला तथा मध्यम जलविद्युत आयोजनाहरुको निर्माण गर्न ५ देखि १० वर्षसम्म लाग्ने गरेको पाइन्छ । त्यो अवधिसम्म विद्युतको मागलाई परिपुर्ती गर्नका लागि अहिलेदेखि नै वैकल्पिक उपायहरुको खोजी गरिनु नितान्त आवश्यक छ । नत्रभने लोडसेडिङ्खले बिकराल रुप लिन सक्नेछ । गतसालको जाडो याममा लोडसेडिङ्खको अवधिमा औद्योगिक तथा सहरी क्षेत्रमा अधिकांस रुपमा डिजेल जेनेरेटरको प्रयोग गरिएको थियो । जुन अत्यन्तै महंगो पर्न जान्छ र जसको प्रयोगले उत्पादन गरिएका वस्तुहरुको भाउ बढ्न गई बजारमा महंगी छाउन थाल्छ । तर प्राधिकरणले भने आउदा वर्षहरुमा लोडसेडिङ्ख हटाउने उत्तम उपायका रुपमा थर्मल पावर प्लान्टको निर्माण गर्न आवश्यक छ । समान क्षमता भएका जलविद्युत योजना भन्दा जसको निर्माण खर्च कम र निर्माण अवधि कम लाग्ने देखिन्छ । त्यसैले प्राधिकरणले थर्मल पावर प्लान्टको निर्माण र साना तथा लघु जलविद्युत आयोजनाहरुको निर्माणमा बढी चासो देखाउनु पर्ने अवस्था आएको छ । जसले आउदो वर्षहरुमा हुने लोडसेडिङ्खको समयाअवधि घटाउन निकै ठुलो भुमिका खेल्नेछ ।


लेखनाथ काफ्ले
पुल्चोक इन्जिनियरिङ् क्याम्पस
आधी चलिरहयो
म पनि त्यही आधीसगै लम्किये
आधीलाई रोक्ने बाधकहरुलाई तर्साये
आधीको जयजयकार गर्दै मासपेशी र रक्तपिण्डहरु चपाये

आधीले खरको छानोहरु उडायो
मक्किएका खम्बाहरु भत्कायो
त्रासमय बातावरण सबैतिर फैलाएर
छाप्रोका गासहरु खोस्यो र कपडाहरु उडायो

आधी चलिरहयो
म पनि त्यसैसग लम्किये
बोधिब्रिक्षका हागाहरु भाचेर आधीले
आफुलाई आँफै महान बनायो
भात्किएका छाप्राहरुलाई देखेर
ऊ आँफै रमायो
लाशका खातहरु उब्जायो
अनी त्रासता सबैतिर फैलायो

आधी चलिरहयो
म पनि त्यसैसग लम्किये

आधीदेखी डराएर परेवाहरु उडेनन
तर गिद्धहरु उसगै बतासिये
आधीसगै धुवाको मुस्लोहरु उड्यो
अनी सिनोका गन्धहरु फैलियो
आधीले सानो आगोको झिल्को उडाएर
सारा गाउ जलायो
बिकासको प्रतिद्रन्दी भएर
मात्र फुटायो , भत्कायो
अनी शोकगीतहरु उब्ज्यायो

आधी चलिरहयो
म पनि त्यसैसग लम्किये

तर आधीले राजदरबारका
बलिया खम्बाहरु भाँच्न पनि मद्घत गर्यो
सिंहदरबारका जालाहरु हटाउन सहयोग गर्यो
भत्किएका खम्बाहरु ठड्याउछु भन्दै
बिपरित दिशामा बहन थाल्यो
तर मात्र नयाँ शब्द लेखेको मजेत्रो उडाएर
नयापनको खिल्ली उडायो

आधी चलिरहयो
तर म किन त्यसैसग लम्किये

तीज को गीत written by me.

तीज को लहर
माइत जाने रहर
आउ नाचौ दिदीबहिनी दिलै खोलेर
घरधन्दा सधैभरी दु:खकस्ठ झेल्नुछ
आउ गाऔ सङीनी हो दिलैखोलेर
रातो साडी लगाकी छु
बुट्टे चोली साथमा
तिलहरी गलाभरि चुरा हातमा
सजिएर म त हेर दुलही झै भाकीछु
आउ नाचौ दिदीबहिनी संसार भुलेर

दर पनि खाउला
मन्दिर पनि जाउला
स्वामी ज्यु को दिर्गायुको बर मागौला
सिर्बन्दी सिरमा ढलक्कै ढल्काएर
आउ नाचौ सङीनी होदिलै खोलेर

तीज को लहर
माइत जाने रहर
आउ नाचौ दिदीबहिनी दिलै खोलेर
घरधन्दा सधै भरी दु:खकस्ठ झेल्नुछ
आउ गाऔ सङीनी हो दिलै खोलेर

Sunday, December 27, 2009

Poem

Beautiful World
Those eyes…..
Which can observe an intense light
in the darkened cave
Which can view rainbow everytime
in the sky
Which only see the dreams
Of others
Which cannot focus
the injustice and pains..

Those hearts….
Which can melt
in the others` sorrow
Which assume world
as a own home
which have a
large vacant space
which can’t be broken
even a big storm flow…

Those thoughts……..
which include
a wide fragmented area
which chop the
dense , accumulated clouds
which carry the
changes and revolutions
which have a height
that is difficult to measure

For those eyes, hearts and thoughts…
THIS WORLD IS VERY BEAUTIFUL……