Wednesday, June 27, 2012

मलाई तुहाइदियौ

कती ठुला सपना बोकेर जन्मन लागेको थिए
भाईभाइलाई भिडाएर, मेरी आमालाई लातले हान्न लगायौ
त्यही पारीको मान्छेलाई आफ्नो नजिकैको ठानी
मेरी आमालाई प्रसव पिडामा पारेर मलाई तुहाइदियौ


हो म जन्मन चाहेको थिए
मलाई केन्द्रिय राजधानीमा मात्र सिमित हुन मन थिएन
कालिकोटकी दर्जिनी दिदिले बनाएको मिठो प्रसाद धेरैलाई बाड्न मन थियो
सिराहाको चमार दाइले बनाएको स्वादिलो मासु धेरैलाई खुवाउन मन थियो
अनी धनकुटाको सुब्बा बाजेले बनाएको तोङ्बा धेरैलाई चखाउन मन थियो


हो म पाइला टेक्न चाहन्थे
मलाई पक्की बाटो भएर जुम्लाको स्याउ टिप्न जान मन थियो
तमोर नदिमा धेरै पर्यटकहरुसगै रयाफ्टिङ गर्ने ठुलो रहर थियो
ति डोल्पाका जङगलहरुमा सजिलै यर्सागुम्बा, पाचऔले टिप्ने इच्छा थियो
अनी कपिलबस्तु भएर आकासेयानमा सबार भै संसारको धेरै ठाउँ घुम्ने सपना थियो


हो म हुर्कन पनि चाहेको थिए
मलाई ति कलम बोक्ने हातहरुलाई यही रोक्नु थियो
मजदुरका गर्हौ भारीहरुलाई एक काध हालेर बोक्नु थियो
कानुनको तराजुमा सबैलाई समान बनाएर जोख्नु थियो
अनी बिकासका प्याकेजहरुलाई मिलाएर सबैतिर पोख्नु थियो


तर , तिमीले आफनो स्वार्थमत्र हेरेर , सबैलाई रुवायौ
छिमेकिको लहलहैमा लागेर आफ्नो दाजुभाइलाई बैरीझै बनायौ
कालो पट्टी आँखामा बाधेर आमालाई अन्धाधुन्द चुट्न थाल्यौ
अनी मेरा इच्छाहरुलाई निमिटान्न पारेर मलाई तुहाइदियौ

Tuesday, December 6, 2011

कबिता: म बोक्सी होइन

.मेरो उजाडिएको सिउदोले मलाइ गिज्याउदैछ

सिथिल बन्दै गएका हातगोडाले मलाइ धिक्कारदैछ

रित्तिसकेको आफ्नै आसु पिएर,दिनहरु कटाइरहेछु

तर , समाजनै म तिर फर्किएर,मलाई दिनदिनै सराप्दैछ

......................

मन भक्कानिन्छ, बिरह पोख्ने ठाँउ छैन

हिजोको मेरो गाँउ , आज गाँउ छैन

हिजोको मेरो नाम, आज नाम छैन

पागल जस्तै भएर चिच्याउछु

संसारलाई नै सुनाउन चाहन्छु

“म पनि तिमीजस्तै हु,बोक्सी होइन”

......................

हो मलाई दर्द हुन्छ

जब म तिर फर्किएर मेरै गाउलेहरु मलाइ थुक्दछन

अलच्छिनी आई भनेर जब गाउका कुकुरहरु समेत भुक्दछन

मैले पहिले पिउने पानीका मुहान समेत मेरा लागि आज सुक्दछन

अनि, पहिले छोएका, देखिएका बस्तुहरु आज मेरो नजरमा लुक्दछन

हो त्यसैले मलाई दर्द हुन्छ

...........................

मर्न मन लाग्छ,

जब कठोर मड्कीहरु मेरो कमजोर शरिरमा बर्साइन्छ

मेरै मलमुत्र मलाइनै जबरजस्ती कोच्याइन्छ

बुढो र छोरो टोकवा भन्दै जब मलाइ सरापिन्छ

अनि, लासहरु उब्जाउने अभियुक्त जब बनाइन्छ

त्यसैले त म पागल झै भएर चिच्याउछु

संसारलाइ नै सुनाउन चाहन्छु

“म पनि तिमी जस्तै हु, बोक्सी होइन”

.

Wednesday, August 10, 2011

"You are so beautiful"

Angels are jealous on your beauty
Moon wants to date with you
Flowers are ready to be your cloths
Fresh air seems to blow around you
Because you are so beautiful

Your eyes look like shining diamond
Your long hair seems like calm fall
Light reflect from your glossy skin
Your one smile can steal thousand eyes
Because you are so beautiful

When you speak, birds forget to sing
When you walk, world stop for a while
When you are happy, flowers start rejoicing
When you feel bored, wind tell you jokes
Because you are so beautiful

Tuesday, July 19, 2011

बिन्ती छ उसलाई जन्माइदेउ

अझै म हतियारमा रगत देख्न सक्दिन
जनसागरमा छाएको निराशा सुन्न सक्दिन
समय समयमा बदलिरहने भेष हेर्न सक्दिन
पुरानै बाटोमा अझै हिड्न पनि सक्दिन
बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ

भत्किएका खरका छानाहरु अझै बन्न सकेका छैनन
खोसिएका गाँसहरु अझै फिर्ता भएका छैनन
से फोक्सुण्डो तालहरुमा अझै पाइलाहरु पुग्न सकेका छैनन्
क्षितिजपारि भासिएका गोडाहरुको अझै फर्किने आधारहरु छैनन्
त्यसैले, बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ

जातिय मखुन्डोरुपि झण्डाहरुको सङ्ख्या बढ्दैछ
मौका छोपि रातारात सिमास्तम्भहरु ढल्दैछ
संसारै चकित छ,मैनबत्ति र टुकीहरु रातमा जल्दैछ
अझै कयौ उर्वर खेतहरुमा काठे हलो,कोदालो चल्दैछ
त्यसैले,बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ


भोली यहि आकाशमा “डाँफे”यानहरु उडाउनुछ
सके चुम्बकिय रेलहरु पुर्व पश्चिम गुडाउनुछ
हिमाल,पहाड र तराइलाई एउटै डोरीले बेर्नुछ
आजको आमाको दुखित रुपलाई एकाएक फेर्नुछ
त्यसैले ,बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ

Tuesday, January 25, 2011

अझै,सम्झिरहन्छु रमादानमा सजिएको त्यो शहर

इद-उल-फित्रमा रमाएको छ बर्से मेरो छोरो

बाबुजिका तरविह नमाजका रुक्न र दुवाहरु

मेरी बेगमले बनाएका सेहरी सुहुरका स्वादहरु

हो अझै सम्झिरहन्छु ,



"बजु बिस्मिल्लाह"का ध्वनिहरु गुन्जिने त्यो शहर

कुरानका पाठहरुले मनका तारहरुसग नाता गास्ने त्यो शहर

काला बुर्काहरुमा सेता हिराहरु छुप्ने त्यो शहर,

सेता कमिलाका तातिहरुले मस्दिजका सोभा बढाउने त्यो शहर

मेरो काबुल शहर

हो अझै म सम्झिरहन्छु,



अनी अझै सम्झिरहन्छु त्यो कालो दिन

बम र बारुदका धुवाहरुमा हराएको त्यो शहर

बन्दुकका गोलिहरु थेग्न नसकी रन्थनिएर ढलेको मेरो छोरो

रगतमा भिजेको मेरी बेगमको कालो बुर्का

अनी "अल्लाह" भन्दै अन्तिम श्वास छाडेका मेरा बाबुजी

हो अझै म सम्झिरहन्छु



म सगै चिच्याइ रहेको मेरो शहर

म सगै आसुमा डुबेको मेरो शहर

सेता समुन्द्रपारीका ब्वासाहरुको सिकार भएको मेरो शहर

लासहरुमाथि "स्टाटु अफ लिबर्टी"का प्रतिबिम्बहरु देखिएको मेरो शहर

हो अझै म सम्झिरहेछु

मेरो काबुल शहर,



हो त्यसैले मेरो शहरका लागि मैले बन्दुक बोके

"बिस्मिल्लाह"का ध्वनिहरु पुन ब्युताउन मैले बन्दुक बोके

निर्धक्क भइ नबाज पढ्न मैले बन्दुक बोके

मेरा कलीला छोराहरुका छातीहरुमा पर्ने गोलीहरु रोक्न मैले बन्दुक बोके

र मेरी बेगामका बुर्काहरुमा राता धब्बाहरु लाग्न नदिन मैले बन्दुक बोके

मेरो काबुल जोगाउन मैले बन्दुक बोके ।