Thursday, January 7, 2010

Article Published on Kantipur Dainik(Negligency of Nepal Electricity Authority)

प्राधिकरणको लापरवाही

जलश्रोतको धनी देश नेपालमा १८ घण्टासम्म लोडसेडिङ् हुनुका पछाडि अनेकौ कारणहरु छन् । ती मध्ये देश लामो समयसम्म द्धन्द्धमा फस्नु त्यसपछि सङ्व्रmमणकालिन स्थितीमा रहिरहनु अनि छिटो छिटो सरकारको स्वरुपमा परिर्वतन भइरहनु र परिणामस्वरुप जलविद्युत परियोजनाहरु योजनामा मात्रै सिमित हुनु लोडसेडिङ् हुनुको पछाडीको प्रमुख कारण हो ।
हाल नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्लाई घटाएर ४ घण्टामा पुप्याएको छ । जनताहरुलाई तत्कालिन समयमा भन्दा पक्कै पनि धेरै नै राहत मिलेको छ ।
बर्षेनी प्राधिकरण घाटामा गइरहेको छ । यो वर्ष प्राधिकरणले लगभग ६ अर्ब घाटा बेर्हनुपप्यो जुन पहिलेको वर्षभन्दा ४ अर्बले बढि रहेको छ । के साञ्चै नै विद्युत प्राधिकरणले ४ घण्टा लोडसेडिङ् गर्नुपर्ने बाध्यता छ त ?अनि प्राधिकरण घाटामा जानुको पछाडीको प्रमुख कारण के हुन् त ? ,यी प्रश्नहरु प्राधिकरणका लागि गम्भिर प्रश्नहरु हुन् ।


हामी पुल्चोक इन्जिनियरिङ् क्याम्पसका इलेक्ट्रिकल चौथो वर्षका विद्यार्थीहरु प्रशिक्षण लिने सिलसिलामा मर्स्र्याङ्दी हाइड्रोपावरको कन्ट्रोल कक्षभित्र थियौ । एक्काशी त्यहाँको एक कर्मचारी चिच्याए ल ल फ्रेक्वन्सी बढ्यो जेनेरेसन(उत्पादन) घटाउ । अर्को कर्मचारीले उत्पादन भइरहेको विद्युतलाई घटाउदै गए तरपनि फ्रेक्वन्सी सन्तुलनमा आउन सकेन । अनि फेरी हतारिदै काठमाण्डौमा भएको भार प्रक्षेपण केन्द्रमा फोन लगाए र भने लोड बढाइदिनुपप्र्यो यहाँको फ्रेक्वन्सी बढ्यो ,नत्र यहाँको विद्युत उत्पादन नै बन्द गर्नुपर्ने हुन्छ । तर भार प्रक्षेपण केन्दका कर्मचारीले उनको आग्रहलाई वेवास्ता गरे । एकछिन अघिसम्म लगभग ६९ मेघावाट विद्युत उत्पादन गरिरहेको त्यस पावरहाउसमा त्यो समयमा मात्र ३६ मेघावाट विजुली उत्पादन भइरहेको थियो,जुन उत्पादन गर्न सकिने विद्युतशक्ति भन्दा लगभग आधा थियो । अनि लगभग ७० मेघावाट उत्पादन भइरहेको मध्र्यमर्स्र्याङ्दीले मात्र ४२ मेघावाट उत्पादन गरिरहेको थियो । त्यहाँका एक कर्मचारीले कालीगण्डकी ए मा सम्पर्क गरे त्यहाँ पनि उत्पादन गर्ने क्षमता भन्दा कम विजुली उत्पादन भइरहेको थियो । त्यो देखेर एक कर्मचारी हामीतिर इसारा गर्दै गुनासो पोख्न थाले “हेर भाई हो यस्तो गैरजिम्मेवार छ प्राधिकरण । एकतिर चाहिने भन्दा बढि लोडसेडिङ् गरेर जनतालाई दुख दिइरहेछ भने अर्कातिर त्यसको प्रभावले र व्यवस्थापकिय लापरवाहीले उत्पादनमा आफै हृास ल्याएर बर्षेनी घाटामा गइरहेको छ ।” उनले भार प्रक्षेपण केन्द्रका कर्मचारीहरुले आफ्नो सहजता अनुकुलको काम गरेको आरोप समेत लगाए । उनको कुरा सुनेर हामी सबै तीनछक्क पप्यौ ।


वास्तविकता के रहेछ भने विद्युत प्राधिकरणभित्रको व्यवस्थापन एकदमै फितलो रहेछ जसले गर्दा एक ठोस अध्ययनबिना नै प्राधिकरणले लोडसेडिङ्को तालिका निकालेको रहेछ । चाहिने भन्दा बढी लोडसेडिङ् गराउनु (केही फिडरहरुमा विद्युत आर्पुती गर्न सकिदा सकिदै पनि आर्पुती नगराइनु) र लोडसेडिङ् हुँदा लोड घटेर ग्रीडमा जोडिएका सम्पूर्ण पावरहाउसहरुलाई उत्पादन गर्ने क्षमता भन्दा कम बिजुली उत्पादन गर्न बाध्य पारिनु विद्युत प्राधिकरण घाटामा जानुका प्रमुख कारणहरु रहेछन् । यी तथ्यहरुलाई नियाल्दा विद्युत प्राधिकरणको लापरवाही नै ४ घण्टासम्म लोडसेडिङ् हुनुको पछाडीको प्रमुख कारण हो भन्न सकिन्छ । सबै पावरहाउसमा उत्पादित विद्युतहरुलाई नियन्त्रणमा राखेर विद्युत वितरण गर्नु भार प्रक्षेपण केन्द्रको मुख्य काम हो,जुन केही चुनौतीपूर्ण पनि छ । तर पनि चुनौतीपूर्ण छ भन्दैमा पुरै सुुुरक्षित साइडमा बसेर देशभरिको विद्युत शक्ति उत्पादनमा कमी ल्याउनु भार प्रक्षेपण केन्द्रको गैरजिम्मेवारीपन हो । नेपाल विद्युत प्राधिकरण यी विषयहरुमा संवेदनशिल हुनु अत्यन्तै जरुरी रहेको छ र भोलीका दिनमा सवै पावरहाउसहरुलाई अनुकुल हुने गरि ,भारप्रक्षेपण केन्द्रसँगको परामर्सका साथ एक ठोस अध्ययन गरेर मात्र लोडसेडिङ्को तालिका निकाल्नु आवश्यक रहेको छ । जुन प्राधिकरणको हित अनुकुल हुन सक्छ ।



लेखनाथ काफ्ले