Showing posts with label witch. Show all posts
Showing posts with label witch. Show all posts

Tuesday, December 6, 2011

कबिता: म बोक्सी होइन

.मेरो उजाडिएको सिउदोले मलाइ गिज्याउदैछ

सिथिल बन्दै गएका हातगोडाले मलाइ धिक्कारदैछ

रित्तिसकेको आफ्नै आसु पिएर,दिनहरु कटाइरहेछु

तर , समाजनै म तिर फर्किएर,मलाई दिनदिनै सराप्दैछ

......................

मन भक्कानिन्छ, बिरह पोख्ने ठाँउ छैन

हिजोको मेरो गाँउ , आज गाँउ छैन

हिजोको मेरो नाम, आज नाम छैन

पागल जस्तै भएर चिच्याउछु

संसारलाई नै सुनाउन चाहन्छु

“म पनि तिमीजस्तै हु,बोक्सी होइन”

......................

हो मलाई दर्द हुन्छ

जब म तिर फर्किएर मेरै गाउलेहरु मलाइ थुक्दछन

अलच्छिनी आई भनेर जब गाउका कुकुरहरु समेत भुक्दछन

मैले पहिले पिउने पानीका मुहान समेत मेरा लागि आज सुक्दछन

अनि, पहिले छोएका, देखिएका बस्तुहरु आज मेरो नजरमा लुक्दछन

हो त्यसैले मलाई दर्द हुन्छ

...........................

मर्न मन लाग्छ,

जब कठोर मड्कीहरु मेरो कमजोर शरिरमा बर्साइन्छ

मेरै मलमुत्र मलाइनै जबरजस्ती कोच्याइन्छ

बुढो र छोरो टोकवा भन्दै जब मलाइ सरापिन्छ

अनि, लासहरु उब्जाउने अभियुक्त जब बनाइन्छ

त्यसैले त म पागल झै भएर चिच्याउछु

संसारलाइ नै सुनाउन चाहन्छु

“म पनि तिमी जस्तै हु, बोक्सी होइन”

.